Rashtriya Dainik

भारतीय महावाणिज्य दूतावास वीरगञ्जद्वारा आज़ादीका अमृत महोत्सव स्वतन्त्रता दौड प्रतियोगिता

वीरगञ्ज । राहुल कुमार गुप्ता । भारतीय महावाणिज्य दूतावास वीरगञ्जले शुक्रबार बिहन एक स्वतन्त्रता दौड संगै “आज़ादीका अमृत महोत्सव (India@75)” को उत्सव शुरु गरेको छ।

उक्त कार्यक्रमलाई भारतीय महावाणिज्य दूतावास वीरगन्जका वाणिज्यदूत नितेश कुमार र पर्साको प्रमुख जिल्ला अधिकारी अश्मान तामाङ द्वारा संयुक्त रूपमा झण्डा देखाई स्वतन्त्रता दौड संगै “आज़ादी का अमृत महोत्सव (India@75)” को शुरुवात गरिएको छ।

उक्त दौड कार्यक्रममा नागरिक समाजका सदस्य, जिल्ला प्रशासन कार्यालयका कर्मचारी, डाक्टर र एनजीओका सदस्यहरूको सहभागिता र्हेको थियो ।

त्यहाँ भारतीय महावाणिज्य दूतावासका सबै सदस्यहरूले पनि उक्त कार्यक्रममा भाग लिएका थिए। ४ किलोमिटरको संक्षिप्त दौडको आयोजना गरिएको थियो । सो दौड भारतीय महावाणिज्य दूतावासको गेटबाट सुरू भाइ ,घन्टघर र पावरहाउस चौक पुगि फेरि भारतीय महावाणिज्य दूतावास वीरगन्जको गेटसम्म भएको थियोे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित