महेश यादव नवलपरासी , १३ चैत
पश्चिमी नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वडा नम्बर ३ मा जीवनवृति याेजना बनाउने कार्यक्रम सम्पन्न भएको छ।
आत्म जागरण किशाेर समूह र गौतम बुध किशोरी समुहकाे अायाेजना तथा एबिसि नेपाल ,स्ट्राेम फाउन्डेसनकाे अार्थिक सहयोगमा किशोर किशोरीहरुकाे जीवनवृति याेजना बनाउने कार्यक्रम सम्पन्न भएको छ ।
किशोर समुहको अध्यक्ष बिबेकानन्द हरिजनकाे अध्यक्ष्ातामा पाल्हिनन्दन गाउँपालिका वडा नम्बर ३मा किशोर किशोरीहरुकाे जीवनवृति याेजना बनाउने कार्यक्रम सम्पन्न भएको हाे ।
साे अवसरमा बाेल्दै अध्यक्ष हरिजनले किशोर किशोरीहरुकाे मनाेकान्क्षा र भावना बुझि उनिहरुले साेचेकाे लक्ष्य पुरा गर्न र समाजमा भएको विभिन्न मानिसहरुकाे नकारात्मक बुझाई हेर्ने दृष्टिकोण लाई बदल्न र किशोर किशोरीहरुकाे रुचि र चाहना अनुसारको कार्य गर्न सक्ने सक्षम बनाउने उदेश्यले जिवनवृति याेजना बनाउने कार्यक्रम सञ्चालन गरेको बताए । साथै उनिहरुकाे गाेल वा ईछा अनुसारको कार्य गर्न दिने र एविसि नेपालले जिवनवृति लक्ष्य पूरा गर्नकाे लागि गरिब बिपन्न घरका किशोर किशोरीहरुलाई सधैं सहयोग गरिरहेकाे समेत बताउनु भएकोथियोे ।

साे कार्यक्रममा एबिसि नेपालका सहजकर्ता राजमन बरई ,राजेश अार्या , सजित शर्मा , साईदा निशा पठान लगायतका पाल्हिनन्दन गाउँपालिका वडा नम्बर ३ का करिब ३० जना किशोर किशोरीहरु सहित तिनका अभिभावकहरूकाे सहभागीता रहेको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

