वीरगञ्ज ६ चैत/कृष्णा यादव
जिल्ला प्रहरी कार्यालय पर्साले खैरो हेरोइन (ब्राउन सुगर) एक १७ वर्षीय बालक पक्राउ परेका छन् ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सावाट खटेको लागूऔषध नियन्त्रण ब्युरो वीरगञ्जको टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ पावर हाउस चोक नजि कैबाट ब्राउन सुगरसहित बालकलाई पक्राउ गरेको हो ।
बालकको साथबाट प्रहरीले ६ वटा सेतो प्लाष्टिकको पोका भित्र लुकाईछिपाई राखिएको ३० ग्राम ब्राउन सुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
बालकलाई नियन्त्रणमा लिएर पर्सा जिल्ला अदालतबाट ५ दिने म्याद थप गराई अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक अोमप्रकाश खनालले बताउनुभयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

