Rashtriya Dainik

प्रतापपुर–९ स्वास्थ्य चौकी पोषणमैत्री स्वास्थ्य संस्थाका रूपमा घोषणा

आरपि उपाध्याय / नवलपरासी ,२१ असार

पश्चिम नवलपरासी प्रतापपुर स्वास्थ्य चौकी प्रतापपुर ९ को आयोजनामा पोषणमैत्री स्वास्थ्य संस्था पोषण घोषणा कार्यक्रम शनिबार सम्पन्न भएको छ।

प्रतापपुर गाउँपालिका वडा न.९ का वडा अध्यक्ष एवं स्वास्थ्य चौकी व्यवस्थापनका अध्यक्ष जय किसन चौधरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।
सो अवसरमा प्रमुख अतिथि समेत रहनु भएका प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले विभिन्न चुनौतीको सामना गर्दै घोषणा कार्यक्रमसम्म आइपुग्नुमा सबै पक्षको सहयोगबाटै सम्भव भएको बताउनु भयो।

अध्यक्ष यादवले स्वास्थ्य क्षेत्रमा कार्यरत सबैले आफ्नो दायित्व र जिम्मेवारी निर्वाह गरेर अघि बढिएमा सुन्दर भविष्य बनाउनमा कुनै समस्या नआउने जिकिर पनि गर्नुभयो।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मान कुमारी चौधरीले आफ्नो बच्चालाई पोषणयुक्त खाना खुवाएर कुपोषणबाट मुक्त बनाउन सबै अभिभावकको जिम्मेवारीका साथ कर्तव्य पनि रहेको बताउदै यो अभियानमा सबै आमाबुबाले आफ्नो बच्चाको भविष्य बनाउन पोषणयुक्त खाना नै पहिलो पुर्वाधार रहेको बताउनु भएको छ।

सो अवसरमा जिल्ला स्वास्थ्य कार्यालयका प्रतिनिधि देवकीनन्दन आचार्य, जनस्वास्थ्य अधिकृत बबिता खडका लगायतले आफ्नो धारणा राख्नुभएको थियो।

कार्यक्रममा प्रतापपुर गाउँपालिका का स्वास्थ्य शाखा प्रमुख मन्तोस मुराउले कार्यक्रमको लक्ष्य,उद्देश्य माथि प्रकाश पार्नुभयो।
प्रतापपुर स्वास्थ्य चौकीले पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गर्नुपूर्व सबै सुचक र मापदण्ड पूरा गरेर पोषणमैत्री संस्था घोषणा भएको आयोजकले बताएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित