राष्ट्रिय दैनिक / नवलपरासी,१९ असार
पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ को असार मसान्त नजिकिँदै जाँदा विकास निर्माणसम्बन्धी योजनाको भुक्तानी तथा फरफारक कार्य समयमै सम्पन्न गर्न सार्वजनिक बिदाका दिन पनि कार्यालय खुला रहने जनाएको छ।
गाउँपालिकाद्वारा जारी सूचनाअनुसार असार २० गते (शनिबार) र असार २१ गते (आइतबार) सार्वजनिक बिदा भए पनि आर्थिक प्रशासन, भौतिक पूर्वाधार, योजना शाखा तथा सम्बन्धित अन्य शाखाहरू भुक्तानीसम्बन्धी कार्यका लागि सञ्चालनमा रहनेछन्।
गाउँपालिकाले सम्पूर्ण उपभोक्ता समिति, निर्माण व्यवसायी, सेवाप्रदायक तथा सरोकारवालालाई आवश्यक कागजात र प्रक्रिया पूरा गरी समयमै भुक्तानी तथा फरफारकको कार्य सम्पन्न गर्न अनुरोध गरेको छ।
प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतमद्वारा हस्ताक्षरित सूचनामा आर्थिक वर्षको अन्त्यमा हुने कार्यचापलाई व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न गर्ने उद्देश्यले उक्त व्यवस्था गरिएको उल्लेख गरिएको छ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

