Rashtriya Dainik

सरावल–५ दुबौलियामा विषालु सर्पको टोकाइबाट महिलाको मृत्यु

राष्ट्रिय दैनिक / नवलपरासी,१९ असार।

पश्चिम नवलपरासीको सरावल गाउँपालिका–५ दुबौलियामा विषालु सर्पको टोकाइबाट एक महिलाको मृत्यु भएको छ।

हिजो राति करिब ९ बजे दुबौलिया निवासी पुल्लु गौडकी श्रीमती गीता गौडलाई घरमै रहेको समयमा विषालु सर्पले टोकेको थियो।

उपचारका लागि लैजाने क्रममा उनको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ। स्थानीयवासीका अनुसार टोक्ने सर्प करैत भएको बताइएको छ।

यस दुःखद घटनापछि दुबौलिया गाउँ शोकमा डुबेको छ। वर्षायाममा विषालु सर्पको जोखिम बढ्ने भएकाले रातिको समयमा विशेष सावधानी अपनाउन स्थानीयले आग्रह गरेका छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित