Rashtriya Dainik

न्यायीक समिति अन्तरपालिका संग दुई दिने अन्तरक्रियात्मक संवाद कार्यक्रम त्रिवेणीमा सुरु

आरपी उपाध्याय /नवलपरासी २० जेठ

पुर्वी नवलपरासी विनयी त्रिवेणी गाउँपालिका न्यायीक समितिको आयोजनामा दुई दिने अन्तरक्रियात्मक संवाद कार्यक्रम शनिबारदेखि त्रिवेणीमा शुभारम्भ भएको छ।
विनयी त्रिवेणी गाउँपालिका उपाध्यक्ष एवं न्यायीक समितिका संयोजक भगवती बैदवारको अध्यक्षतामा कार्यक्रम शुभारम्भ भएको हो।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरीले न्यायीक समितिद्वारा आयोजित कार्यक्रमबाट कानुनले दिएको छुट र नागरिकले पालना गर्नुपर्ने जिम्मेवारीको विषयमा कार्यक्रम केन्द्रित रहने बताउदै अन्तरक्रियात्मक संवादबाट थप जानकारी आदानप्रदान हुने कार्यक्रमको लक्ष्य रहेको बताउनु भयो। उहाँले गैरकानुनी काम गर्ने जोकोहीलाई पनि कानुनको दायरामा ल्याउन न्यायीक समिति प्रतिबद्ध रहने पनि विचार व्यक्त गर्नुभयो।
कार्यक्रममा जिल्ला न्यायाधीश प्रकाश कोइराला,विनयी त्रिवेणी गाउँपालिका वडा न.६ का वडा अध्यक्ष नुरेन्द्र शाहले शुभकामना सहित कार्यक्रम बारे आफ्नो धारणा राख्नुभएको थियो।
दुई सत्रमा चल्ने कार्यक्रम आइतबारसम्म पनि सञ्चालन रहने बताइएको छ।
कार्यक्रमको दोस्रो सत्रमा विनयी त्रिवेणी गाउँपालिका र अन्य पालिका बिच न्याय सम्पादनका असल अभ्यास,अनुभव तथा चुनौती बारे संवाद हुने आयोजकले बताएको छ।
त्यसैगरी न्यायीक समितिको काम, कर्तव्य,अधिकार तथा कानुन सम्बन्धि विषयवस्तुमा आधारित विशेष प्रशिक्षण हुने पनि जानकारीमा आएको छ।
कार्यक्रममा गैंडाकोट,कावासोती नगरपालिका,बुलिङटार विनयी त्रिवेणी, पश्चिम नवलपरासीको सुस्ता लगायत पुर्वी नवलपरासीको न्यायीक समितिको संयोजकहरुको उपस्थिति रहेकोे थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित