आरपी उपध्याय / नवलपरासी
नेपाल हृदयरोग निवारण प्रतिष्ठान पश्चिम नवलपरासीको आयोजनामा स्कुलका साना बालबालिकाहरुको एक दिवसीय मुटु परिक्षण कार्य सम्पन्न भएको छ।
सुनवल नगरपालिका वडा न.१२ स्थित जगन्नाथ मा.वि.का बालबालिकाहरुको मुटु परिक्षण कार्य गरिएको हो।
मुटु परिक्षण कार्यक्रममा जगन्नाथ मा.वि. भुमही,जय दुर्गे आधारभूत विद्यालय, जनता आधारभूत विद्यालय,बागवाणी मा.वि. र धन्यान्चल मा.वि. का कुल २६०३ बालबालिकाहरुको मुटु परिक्षण गरिएको नेपाल हृदयरोग प्रतिष्ठानका आजीवन सदस्य डोलराज भण्डारीले जानकारी दिनुभयो।
मुटु परिक्षण कार्यमा एक जना विद्यार्थीलाई काठमाडौं पठाइएको छ भने दुई जना विद्यार्थीहरुलाई औषधि खुवाउने पनि आयोजकले जानकारी दिएको छ।
नेपाल हृदयरोग निवारण प्रतिष्ठान पश्चिम नवलपरासीमा १११ जना आजीवन सदस्य रहेको पनि जानकारीमा आएको छ।
प्रतिष्ठान जिल्ला शाखाका अध्यक्ष डा. विक्रम ज्ञवालीको अध्यक्षतामा गरिएको कार्यक्रमलाई जगन्नाथ मा.वि. का प्र.अ. कर्ण बहादुर रहाणी मगरले सञ्चालन गर्नुभएको थियो।
वर्तमान समयमा बालबालिका र युवा वर्गमा समेत मुटुको समस्या हुने गरेको सन्दर्भमा हाम्रा वरिष्ठ संवाददाता आर.पि. उपाध्यायले हृदयरोग विशेषज्ञ डा. रेग्मी संग संक्षिप्त कुराकानीमा उहाँले स्कुलमा गई बालबालिकाहरुको मुटु परिक्षण गरि मुटुमा भएको समस्या पत्ता लगाई उपचार गर्न सहज हुने बताउनु भयो।
डा. रेग्मीले अज्ञानताका कारण मुटु रोग बढ्दै जाने र उपचार कठिन हुने हुँदा यो अभियानलाई जारी राखेको बताउदै मुटुको अवस्था बुझी मुटु बचाउने अभियानमा लागेको प्रतिक्रिया दिनुभएको छ।
डा. रेग्मीले आफ्नो ४० वर्ष पुरानो अनुभवलाई स्कुले बालबालिकाको मुटु परिक्षण गरी समस्या आएमा उपचार गर्नका लागि यो कार्यक्रम फलदायी रहने पनि प्रष्ट्याउनु भयो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

