Rashtriya Dainik

पत्रकार महासंघ पश्चिम नवलपरासीका अध्यक्ष केशव पराजुलीको निधन

राष्ट्रिय दैनिक / नवलपरासी, असार २०।

नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासी शाखाका अध्यक्ष केशव पराजुलीको शनिबार निधन भएको छ।

फोक्सोको क्यान्सरसँग लामो समयदेखि संघर्षरत ५७ वर्षीय पराजुलीको उपचारका क्रममा निधन भएको हो।

करिब तीन दशकदेखि पत्रकारितामा सक्रिय रहेका पराजुलीको निधनले पश्चिम नवलपरासीसहित समग्र नेपाली पत्रकारिता क्षेत्रमा अपूरणीय क्षति पुगेको नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासी शाखाका कार्यवाहक अध्यक्ष बिकास अधिकारले बताएका छन्।

पारिवारिक स्रोतका अनुसार पराजुलीका एक छोरी संयुक्त अरब इमिरेट्स (यूएई) र अर्की छोरी जापानमा रहेकाले उनीहरू नेपाल आइपुगेपछि मात्रै सोमबार अन्त्येष्टि गरिने तय भएको छ।

हाल पराजुलीको पार्थिव शरीर पृथ्वीचन्द्र अस्पतालमा राखिएको छ। उहाँको निधनप्रति पत्रकार, सञ्चारकर्मी, विभिन्न संघ–संस्था तथा शुभेच्छुकहरूले गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित