तुलसी राम पौडेल /फर्साटिकर , चैत्र ४
रुपन्देहीको शुद्दोधन गाउपालिका -४ सौ फर्साटिकर स्थित फर्साटिकर माध्यमिक विद्यालयको ६१ औं वार्षिक उत्सव तथा अभिभावक दिवस बुधबार सम्पन्न भएको छ ।
शुद्दोधन गाउपालिका अध्यक्ष किसुनचन्द चौधरीले एक कार्यक्रमका बिच विद्यालयको वार्षिकोत्सब तथा अभिभावक दिवसको उदघाटन गर्नुभयो ।सो अवसरमा बोल्दै उहाले साविक फर्साटिकर गाविसलाई शैक्षिक हबको रूपमा विकास गर्न थालेको बताउनु भयो ।
साथै उहाले विद्यार्थीको पढाइ सुधार गर्न अभिभावकको प्रमुख दायित्व हुने हुनाले शिक्षकले अभिभावकको सम्बन्धलाई सुदृढ गर्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा शुद्दोधन गाउपालिका वडा नम्बर ४ का वडा अध्यक्ष एवं गाउपालिका प्रबक्ता राजेन्द्र कंडेल ,यज्ञोदय दुधनाथ थारु बहुमुखी क्याम्पसका अध्यक्ष मणिप्रसाद खनाल ,पुर्व विद्यार्थी एवं समाजसेवी रमेश खनाल ,शिक्षक महासघ लुम्बिनी प्रदेशका सह अध्यक्ष छविलाल पाण्डे , विद्यालयका पुर्व अध्यक्ष एवं फर्साटिकर व्यापार संघका अध्यक्ष हुमाकान्त पाण्डे लगायतले शुभकामना मन्तव्य दिनु भएको थियोे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर घर्तिको अध्यक्षता, गाउपालिका अध्यक्ष किसुनचन्द चौधरीको प्रमुख आतिथ्यता, उपाध्यक्ष शान्तादेवी ज्ञवालीको विशिस्ट आतिथ्यता ,विद्यालयका प्रधानाध्यापक देवराज पौडेलबार स्वागत मन्तव्य सहित वार्षिक प्रतिवेदन प्रस्तुत रहेको कार्यक्रमको संचालन शिक्षक द्वय लिलाधर न्यौपाने तथा कृष्ण पाण्डेले गर्नुभएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

