Rashtriya Dainik

बर्दघाटमा ईभी भ्यान र ट्रक ठोक्किँदा १० जना घाइते

विनोद निगम / नवलपरासी ,असार २३

पूर्व–पश्चिम राजमार्गअन्तर्गत पश्चिक नवलपरासीको बर्दघाट नगरपालिका-४ तारेभिरमा मंगलबार बिहान ईभी भ्यान र ट्रक एकापसमा ठोक्किँदा १० जना घाइते भएका छन्।

प्रहरीका अनुसार बिहान करिब ११ः१५ बजे बुटवलबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०८–००१ ज ००९४ नम्बरको ईभी भ्यान र विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ३४६० नम्बरको ट्रक एकापसमा ठोक्किएका हुन्।

दुर्घटनामा घाइते भएका सबै यात्रुलाई तत्काल उद्धार गरी चिसापानी अस्पतालमा उपचारका लागि लगिएको थियो। घाइतेमध्ये भारतको बैंगलोर निवासी ६५ वर्षीय जगदिश बिएल, चितवन कालिका नगरपालिका–३ की ६५ वर्षीया यनु मगर, रुपन्देही बुटवल उपमहानगरपालिका–४ निवासी ४० वर्षीय रुप गुरुङ तथा ईभी चालक बुटवल उपमहानगरपालिका–१२ निवासी ४४ वर्षीय कृष्ण थापाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। उनीहरूलाई थप उपचारका लागि देबदह मेडिकल कलेज, भलुही रिफर गरिएको छ।

अन्य घाइतेहरू काठमाडौंका बद्री मगर र नेत्रलाल नेवा, ईभीका सहचालक गोविन्द थापा, गुल्मी इस्मा गाउँपालिका–६ निवासी किरण मुखिया, भारतको कर्नाटक निवासी नन्जुण्डे गोडा तथा रुपन्देहीका प्रकाश भट्टराईको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि दुवै सवारीसाधन घटनास्थलमै रहेका छन् भने राजमार्गमा यातायात सञ्चालनमा कुनै अवरोध नभएको प्रहरीले जनाएको छ। ट्रक चालक मकवानपुर थाहा नगरपालिका–११ निवासी ३५ वर्षीय बुद्धिबहादुर ठोकरलाई प्रहरीले नियन्त्रणमा लिई दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय बर्दघाटले जनाएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित