मुक्ती तिवारी
बर्दघाट नगरपालिका वडा नम्बर १४ मा रहेको सफल पोल्ट्री फर्ममा आज बिहान आगलागी भएको छ।
बिहान करिब ७ बजेतिर आगलागी भएको हो। फर्ममा रहेका कामदारहरुले लामखुट्टेको धुप बाल्ने क्रममा आगोले ह्याच मेसिनमा टिपेको र आगलागी भएको सन्चालक शिव तिमल्सिनाले जानकारी दिए।
आगलागी पश्चात् स्थानियहरुको सहयोगमा केही भाग आगो निभेको र दमकलको सहयोगमा करिब २ घण्टा पश्चात् पुर्ण रुपमा आगो नियन्त्रणमा आएको सन्चालक तिमल्सिनाले बताए।

मासिक एक लाख चल्ला उत्पादन क्षमता रहेको फर्मका ४ वटा ह्याच मेसिन र केही बिधुतिय उपकरणमा क्षति पुगेको र अन्य बिधुतिय उपकरण सुचारु नभै के कति डिस्प्ले(ह्याच) मेसिनहरुमा क्षति पुगेको भनी एकिन नहुने उनले बताए।

स्थानिय र दमकलको सहयोगमा आगो समयमै नियन्त्रणमा आएकाले करोडौका उपकरणहरु क्षति हुनबाट जोगिएको सन्चालक तिमसिनाले बताए।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

