काठमाडौं,१० मंसिर । लामो समयदेखि पत्रकारिता तथा सञ्चार क्षेत्रमा सक्रिय सञ्चारकर्मी विनोद नेपाली ‘तेस्रो क्रिएटिभ इन्टरनेशनल म्युजिक अवार्ड–२०२६’ बाट सम्मानित भएका छन्। पत्रकारितामार्फत सत्य, निष्पक्षता र जनउत्तरदायित्वको पक्षमा निरन्तर कलम चलाउँदै समाज तथा सञ्चार क्षेत्रको विकासमा पुर्याएको योगदानको कदर गर्दै उनलाई ‘सञ्चारकर्मी सम्मान–२०२६’ प्रदान गरिएको हो।
दैलेख जिल्लाको आठबीस नगरपालिका–६, रोलमा जन्मिएका नेपाली लामो समयदेखि सञ्चार तथा पत्रकारिता क्षेत्रमा सक्रिय छन्। विभिन्न आरोह–अवरोह, संघर्ष र चुनौतीका बीच आफ्नो सञ्चार यात्रा अघि बढाउँदै आएका उनले जनताको आवाजलाई प्राथमिकतामा राखेर सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्दै आएका छन्।
काठमाडौंस्थित चलचित्र विकास बोर्डमा आयोजित विशेष समारोहमा मुक्तिनाथ विकास बैंक तथा कृषि कम्पनीका अध्यक्ष भरतराज ढकालको प्रमुख आतिथ्यतामा नेपालीलाई उक्त सम्मान प्रदान गरिएको हो। कार्यक्रममा एट्रियम म्युजिक प्रा.लि.का प्रबन्ध निर्देशक विजेन्द्र नौबागले सम्मानपत्र प्रदान गरेका थिए।
सञ्चार क्षेत्रमा लामो समयदेखि निरन्तर क्रियाशील रहँदै आएका नेपालीका लागि यो सम्मान व्यक्तिगत उपलब्धि मात्र नभई पत्रकारिताप्रतिको समर्पण, निरन्तरता र संघर्षको कदरका रूपमा समेत रहेको छ।
दैलेखको ग्रामीण परिवेशबाट आफ्नो यात्रा सुरु गरी विभिन्न चुनौतीको सामना गर्दै सञ्चार क्षेत्रमा पहिचान बनाउँदै अघि बढेका नेपालीले आगामी दिनमा पनि जनताको आवाज, सामाजिक न्याय र सत्यतथ्य समाचार सम्प्रेषणलाई प्राथमिकतामा राख्ने विश्वास व्यक्त गरेका छन्।
यो सम्मानले उनको सञ्चार यात्रामा थप ऊर्जा, उत्साह र जिम्मेवारी थप्ने अपेक्षा गरिएको छ।
संघर्षबाट स्थापित पहिचान, निरन्तर कर्मबाट प्राप्त सम्मान। सञ्चारकर्मी विनोद नेपालीलाई हार्दिक बधाई तथा आगामी यात्राका लागि शुभकामना।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

