राष्ट्रिय दैनिक / नवलपरासी , १० मंसिर ।
लैंगिक हिंसाविरुद्ध जनचेतना अभिवृद्धि गर्दै हिंसामुक्त समाज निर्माण गर्ने उद्देश्यले पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ।
सरावल गाउँपालिकाको आयोजना तथा सरावल महिला सञ्जालको सहजीकरणमा आयोजित अभियानको उद्घाटन गाउँपालिका अध्यक्ष सुखाडीप्रसाद चौधरीले गर्नुभएको हो। कार्यक्रम गाउँपालिका उपाध्यक्ष बासमती हरिजनको अध्यक्षतामा सम्पन्न भएको थियो।

उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष चौधरीले लैंगिक हिंसा अन्त्यका लागि समाजका सबै पक्ष जिम्मेवार र प्रतिबद्ध हुनुपर्ने बताउनुभयो। उहाँले हिंसामुक्त समाज निर्माणका लागि जनचेतना अभिवृद्धि, महिला सशक्तीकरण तथा हिंसापीडितलाई न्याय र संरक्षणको पहुँच सुनिश्चित गर्न आवश्यक रहेकोमा जोड दिनुभयो।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतम, प्रहरी चौकी गोबरहिया, बासा र भुजहवाका इन्चार्जहरू, विभिन्न साझेदार संस्थाका प्रतिनिधि तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।

१६ दिने अभियानमार्फत समुदायस्तरमा लैंगिक हिंसाविरुद्ध सचेतना फैलाउने, हिंसाका घटना न्यूनीकरण तथा रोकथाम गर्ने र पीडितलाई न्याय एवं संरक्षणको पहुँचमा पुर्याउने लक्ष्य राखिएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

