Rashtriya Dainik

सिजी फाउन्डेसनद्वारा बर्थिङ सेन्टरलाई भिडियो एक्सरे मेसिन उपलब्ध

राष्ट्रिय दैनिक /नवलपरासी,१ मंसिर ।

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ मा रहेको बर्थिङ सेन्टरलाई सिजी फाउन्डेसनले भिडियो एक्सरे मेसिन हस्तान्तरण गरेको छ ।

फाउन्डेसनले ग्रामीण क्षेत्रका महिलाहरूलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले उक्त मेसिन प्रदान गरेको हो ।

भिडियो एक्सरे मेसिन हस्तान्तरण कार्यक्रममा सुस्ता गाउँपालिकाका उपाध्यक्ष गीता चौधरीले गर्भवती महिलाहरूले आफ्नै घरआँगनबाट भिडियो एक्सरे सेवा लिन पाउने भएपछि मातृ स्वास्थ्य सुरक्षामा महत्वपूर्ण सहयोग पुग्ने बताइन् । उनले ग्रामीण क्षेत्रका महिलाहरूलाई सामान्य स्वास्थ्य परीक्षणका लागि समेत टाढा जानुपर्ने बाध्यता कम हुने विश्वास व्यक्त गरिन् ।

कार्यक्रममा सिजी फाउन्डेसनकी सचिव सारिका चौधरीले ग्रामीण क्षेत्रमा देखिने सामान्य स्वास्थ्योपचारका सेवाबाट कुनै पनि नागरिक वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले फाउन्डेसनले काम गरिरहेको बताइन् । उनले उक्त बर्थिङ सेन्टरलाई यसअघि पनि विभिन्न स्वास्थ्य उपकरण उपलब्ध गराइसकेको जानकारी दिइन् ।


त्यसैगरी बर्थिङ सेन्टरकी स्वास्थ्य शाखा प्रमुख केशरीदेवी भट्टराईले भिडियो एक्सरे सेवाले गर्भवती आमा तथा नवजात शिशुको स्वास्थ्य अवस्थाबारे जानकारी लिन सहज हुने बताइन् । सुरक्षित मातृत्व र शिशु स्वास्थ्यका लागि भिडियो एक्सरे सेवा निकै उपयोगी हुने उनको भनाइ थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित