Rashtriya Dainik

पेट्रोलियम पदार्थको मूल्य यथावत्, निगमलाई पाक्षिक १ अर्ब ६२ करोडभन्दा बढी घाटा

काठमाडौं,३० कार्तिक । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राख्ने निर्णय गरेको छ।

निगमले कात्तिक ३० गते गरेको निर्णयअनुसार पेट्रोल, डिजेल, मट्टितेललगायत पेट्रोलियम पदार्थको साविककै खुद्रा बिक्री मूल्य कायम रहने जनाएको छ।

मूल्य यथावत् राखिए पनि निगमलाई पाक्षिक रूपमा १ अर्ब ६२ करोड ७७ लाख रुपैयाँ घाटा हुने जनाइएको छ।

निगमको यो निर्णयसँगै उपभोक्ताले तत्काल पेट्रोलियम पदार्थको मूल्यवृद्धिको सामना गर्नुपर्ने छैन।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित