काठमाडौं ,१ मंसिर । काम लगाएर पैसा नदिएपछि ‘कलाकारको श्रम शोषण भयो’ भन्दै नायिका गरिमा शर्मा चेतावनीसहित प्रस्तुत भएकी छिन् ।
काम लगाएर पारिश्रमिक नदिने बदमासीलाई गरिमाले श्रम शोषणको संज्ञा दिएकी छन् ।
सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेकी छन्, ‘सरल भाषामा भन्नुपर्दा, कलाकारले आफ्नो समय, सीप र मेहनत लगानी गर्ने तर त्यसको उचित सम्मान, पारिश्रमिक र अधिकार नपाउनु नै कलाकारको शोषण हो ।’
कलाकारको शोषणको परिभाषा स्मरण गराउँदै उनले बाँकी रहेको पारिश्रमिक चाँडे भुक्तानी गर्न चेतावनी दिएकी छन् ।
अन्तिम मौकाका लागि नाम र तस्बिर सार्वजनिक नगरेको उनले स्पष्ट पारेकी छन् ।
उनले अगाडि चेतावनी दिँदै भनेकी छन्, ‘सम्पर्कविहीन भएकाहरू पनि आउनुहोला । अर्को पटक फोटोसहितको पोस्ट आउनेछ ।’
गरिमा टिकटकबाट चर्चामा आएर म्युजिक भिडियो हुँदै ठूलो पर्दामा आएकी नायिका हुन् । उनको ठूलो पर्दाको यात्रा भने सुखद बन्न सकेको छैन । उनी अहिलेसम्म हिट फिल्म दिन नसकेको अवस्थामा छिन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

