काठमाडौं,१ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत पहिलो क्वालिफायरमा लुम्बिनी लायन्सले टस जित्दै सुदूरपश्चिम रोयल्सलाई पहिले ब्याटिङको निम्तो दिएको छ।
मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा भएको टसमा लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले टस जितेर सुदूरपश्चिमलाई ब्याटिङमा पठाउने निर्णय गरेका हुन्।
दुवै टोली आजको खेल जित्दै प्रतियोगिताको फाइनलमा स्थान सुरक्षित गर्ने लक्ष्यसहित मैदानमा उत्रिएका छन्।
लिग चरणमा उत्कृष्ट प्रदर्शन गरेको लुम्बिनी ११ अंकसहित शीर्ष स्थानमा रहँदै पहिलो क्वालिफायरमा पुगेको हो। त्यस्तै, सुदूरपश्चिम १० अंकसहित दोस्रो स्थानमा रहँदै क्वालिफायरमा प्रवेश गरेको हो।
यस सिजनको लिग चरणमा यी दुई टोलीबीच भएको पहिलो भेटमा लुम्बिनीले सुदूरपश्चिमलाई सात विकेटले पराजित गरेको थियो।
आजको खेल साँझ ५ बजे सुरु हुनेछ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

