बारा ,१ मंसिर । अर्का व्यक्तिको शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी नियुक्ति लिएको आरोपमा प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजकविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
बाराको फेटा गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम संयोजकका रूपमा कार्यरत ओमप्रकाश गिरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
गिरी २०७८ जेठ १ गते फेटा गाउँपालिकाको प्रधानमन्त्री रोजगार कार्यक्रम संयोजक पदमा नियुक्त भएका थिए । नियुक्तिका क्रममा उनले त्रिभुवन विश्वविद्यालयबाट जारी तीनवर्षे बीएड तहको लब्धाङ्कपत्र पेस गरेका थिए ।
तर, अख्तियारले गरेको अनुसन्धानका क्रममा उनले पेस गरेको शैक्षिक प्रमाणपत्र अर्कै व्यक्तिको नाममा रहेको तथ्य खुलेको जनाइएको छ ।
आफ्नो नभएको शैक्षिक प्रमाणपत्र पेस गरी शैक्षिक योग्यता ढाँटेर सरकारी पदमा नियुक्ति लिएको अभियोगमा अख्तियारले गिरीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद तथा जरिवानाको सजाय मागदाबी गरेको छ ।
सरकारी सेवामा प्रवेश गर्न नक्कली वा अर्काको शैक्षिक प्रमाणपत्र प्रयोग गरिएको अभियोगमा मुद्दा दायर हुनुले सार्वजनिक पदमा नियुक्तिको प्रक्रियामाथि समेत प्रश्न उठाएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

