Rashtriya Dainik

नवलपरासीमा २५ वर्ष कैद सजाय तोकिएकी फरार महिला पक्राउ

राष्ट्रिय दैनिक / नवलपरासी ,१ मंसिर ।

कर्तव्य ज्यान मुद्दामा २५ वर्ष कैद सजाय तोकिएकी फरार महिलालाई नवलपरासी प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार पक्राउ पर्नेमा रामग्राम नगरपालिका–५ ड्राइभर टोल निवासी ४५ वर्षीया हदिसुन नेशा रहेकी छन्।

नवलपरासी जिल्ला अदालतले २०८१ फागुन १२ गते कर्तव्य ज्यान मुद्दामा उनलाई २५ वर्ष कैद सजाय हुने फैसला गरेको थियो। तर, फैसला कार्यान्वयन हुन बाँकी रहेपछि उनी फरार रहँदै आएकी थिइन्।

प्रहरीले खोजतलास गर्ने क्रममा पाल्हीनन्दन गाउँपालिका–५ चमनटोलस्थित लुकीछिपी बसेको अवस्थामा उनलाई फेला पारी पक्राउ गरेको हो।

पक्राउ परेकी नेशालाई फैसला कार्यान्वयनका लागि नवलपरासी जिल्ला अदालतमा उपस्थित गराइएकोमा अदालतको आदेशअनुसार कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन थापाले जानकारी दिएका छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित