आरपि उपाध्याय / नवलपरासी ,२५ कार्तिक
पुर्वी नवलपरासी विनयी त्रिवेणी ६ मा गोवर्द्वन पुजन र धार्मिक कथा,प्रवचन, झाँकी सहितको कार्यक्रम भव्यताका साथ मनाइएको छ।
श्री कृष्ण प्रणामी सेवा समिति विनयी त्रिवेणी ६ को आयोजनामा गोवर्द्वन पुजन सहितको कार्यक्रम मनाइएको हो।
द्वापर युगमा भगवान श्री कृष्णद्वारा भीषण वर्षाबाट गोकुल बासीलाई बचाउनको लागि गोवर्द्वन पर्वत उठाएर गरिएको सुरक्षा स्मरणका लागि गोवर्दन पुजा हालको समयसम्म पनि मनाउदै आएको धार्मिक भनाइ छ।

श्री कृष्ण प्रणामी सेवा समिति त्रिवेणी धामका अध्यक्ष भीम कोइरीको अध्यक्षता तथा कृष्ण प्रणामी सेवा समितिका पुर्व केन्द्रिय सदस्य मुरलीकृष्ण खनालको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको थियो।
गोवर्द्वन पुजन कार्यक्रममा ठूलो सङ्ख्याका उपस्थित भक्तजनहरुले मानव निर्मित गोवर्द्वन पहाडको परिक्रमा गर्दै भजन किर्तन सहित भगवान श्री कृष्णद्वारा प्रतिपादन गरिएको भक्ती मार्ग बारेको कथा प्रवचन गरिएको समितिका सचिव जयराम यादवले जानकारी दिनुभयो।
श्री कृष्ण प्रणामी मन्दिर त्रिवेणीका संस्थापक पिठाधिस श्री १०८ स्वामी फलहारी बाबाले २०४० देखि गर्दै आउनु भएको गोवर्द्वन पुजनलाई फलहारी बाबाको स्वर्गबास पछि पनि निरन्तरता दिदै आएको बताइएको छ।

हिन्दु धर्मको रक्षा र भगवान श्री कृष्णको लीलालाई जनमानसमा पुर्याउने उद्देश्यले पनि कृष्ण प्रणामी सेवा समिति त्रिवेणीले यस्ता खाले धार्मिक कार्यक्रम गर्दै आएको जानकारीमा आएको छ।
सो अवसरमा कृष्ण प्रणामी सेवा समितिका पदाधिकारी सदस्य, सल्लाहकार एवं ३ सयको सङ्ख्यामा भक्तजनहरुको उपस्थिति रहेको आयोजकले जानकारी दिएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

