Rashtriya Dainik

स्वास्थ्यमा समस्या देखिएपछि आज सरावल मेलामा प्रीति पासवानको प्रस्तुति स्थगित

राष्ट्रिय दैनिक /नवलपरासी,२५ कार्तिक

दोस्रो सरावल कृषि, पर्यटन, संस्कृति तथा औद्योगिक व्यापार मेला–२०८३ मा आज प्रस्तुति दिने तय भएकी चर्चित मोडल तथा डान्सर प्रीति पासवान स्वास्थ्यमा समस्या देखिएपछि कार्यक्रममा सहभागी नहुने भएकी छन्।

स्वास्थ्य अवस्था बिग्रिएका कारण आजको निर्धारित सांगीतिक तथा नृत्य प्रस्तुति स्थगित गर्नुपरेको आयोजकले जनाएको छ। प्रीति पासवानको प्रस्तुतिको प्रतीक्षामा रहेका दर्शक तथा प्रशंसकहरूलाई यसबाट केही निराशा भए पनि उनको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।

सरावल गाउँपालिका–२ मगरमुडहास्थित खेल मैदानमा सञ्चालन भइरहेको मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुति, मनोरञ्जनात्मक कार्यक्रम, व्यापारिक स्टल तथा बालबालिकाका लागि विभिन्न आकर्षणहरू रहेका छन्।

मेलामा दर्शकहरूको उल्लेख्य सहभागिता रहँदै आएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित