काठमाडौं ,२५ कार्तिक
युरोपेली मुलुक बुल्गेरियामा बाक्लो हुस्सुका कारण भएको भीषण सडक दुर्घटनामा परी १२ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका छन् ।
मंगलबार राजधानी सोफियालाई ब्ल्याक सीको बन्दरगाह सहर बुर्गाससँग जोड्ने राजमार्गमा ८६ वटा सवारीसाधन एकआपसमा ठोक्किँदा ठूलो मानवीय क्षति भएको हो ।
अधिकारीहरूका अनुसार बाक्लो हुस्सुका कारण चालकहरूले अगाडि रहेका सवारीसाधन देख्न नसक्दा राजमार्गको पूर्वतर्फ जाने लेनमा पहिलो दुर्घटना भएको थियो । त्यसको केही समयपछि राजधानी सोफियातर्फ जाने अर्को लेनमा समेत सवारीसाधनहरू एकआपसमा ठोक्किएका थिए ।
दुर्घटनामा तीव्र गतिका कारण पनि जोखिम बढेको अधिकारीहरूले बताएका छन् । दुर्घटनापछि राजमार्ग दुवैतर्फबाट बन्द गरिएको छ ।
दुर्घटनामा केही व्यक्ति सवारीसाधनभित्रै फसेपछि उद्धार टोलीले सडकछेउको सुरक्षा बार काटेर उनीहरूको उद्धार गरेको थियो । बाक्लो हुस्सुका कारण घाइतेलाई अस्पताल पुर्याउन हेलिकप्टरसमेत परिचालन गर्न नसकिएको जनाइएको छ । दुर्घटनाका क्रममा एउटा सवारीसाधनमा आगलागीसमेत भएको थियो ।
घटनाको खबर पाएपछि बुल्गेरियाकी राष्ट्रपति इलियाना योतोभाले फ्रान्सको पेरिसमा भइरहेको पेरिस पिस फोरमको कार्यक्रम बीचमै छाडेर स्वदेश फर्कने निर्णय गरेकी छन् ।
त्यस्तै, युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनसँगको भेटवार्ता छाडेर प्रधानमन्त्री रुमेन रादेव पनि घटनास्थलतर्फ प्रस्थान गरेका थिए ।
क्षतिग्रस्त सवारीसाधन तथा भग्नावशेष हटाएपछि मात्र राजमार्ग पुनः सञ्चालनमा ल्याइने अधिकारीहरूले जनाएका छन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

