बिनोद निगम / नवलपरासी – २४ असार
पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका–१, रमपुरवाबाट प्रहरीले भन्सार छलीसँग सम्बन्धित आशंकामा ८ लाख ५० हजार रुपैयाँ मूल्यका गाडीका पार्टपुर्जा बरामद गरेको छ।
शुक्रबार राति करिब ९ः३० बजे रमपुरवास्थित सडकछेउमा बेवारिसे अवस्थामा राखिएका गाडीका पार्टपुर्जा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र इलाका प्रहरी कार्यालय महेशपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले बरामद गरेको हो।
प्रहरीका अनुसार बरामद सामानमा १९ थान गियर बक्स र गाडीका विभिन्न पार्टपुर्जा १२ बोरा रहेका छन्। बरामद सामानमध्ये चार थान गियर बक्सको अनुमानित मूल्य एक लाख रुपैयाँ, १५ थान गियर बक्सको चार लाख ५० हजार रुपैयाँ र विभिन्न पार्टपुर्जाको तीन लाख रुपैयाँ रहेको छ।
बरामद गरिएका सामानको कुल अनुमानित मूल्य आठ लाख ५० हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ। आवश्यक कारबाहीका लागि उक्त सामान महेशपुर भन्सार कार्यालयमा बुझाइएको छ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मदन थापाले घटनाबारे जानकारी दिएका हुन्।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

