राजन कुमार बानिया
पर्सा,२४ असोज
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चालन गरेको ‘हामी आउँदै छौँ’ कार्यक्रम पर्साको धोबीनी गाउँपालिका–४, लंगडीमा रहेको पर्सा रिसोर्टमा शुक्रबार भव्य रूपमा सम्पन्न भएको छ। धोबीनीका गाउँपालिका सभापति सुदिल पटेलको सभापतित्व तथा केन्द्रीय प्रतिनिधिद्वय माननीय प्रमोद कुमार महतो र माननीय अमर कान्त चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा रास्वपाका जिल्ला प्रतिनिधि, क्षेत्रीय सभापति, पालिका समिति, वडा समितिका पदाधिकारी, स्थानीय नेता तथा कार्यकर्ता र पार्टीप्रति आस्था राख्ने घण्टी मित्रहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूले पार्टीको संगठन विस्तार, स्थानीय तहमा जनसम्पर्क वृद्धि तथा आगामी राजनीतिक गतिविधिका विषयमा छलफल गरेका थिए।
युवा नेता तथा पालिकाका उपसभापति राजु पटेलका अनुसार कार्यक्रममा क्षेत्र नं ४ का क्षेत्रीय सभापति जितेन्द्र मिश्र ,लागाएत गाउँपालिकाका स्थानीय नेता सुरेश प्रसाद कुर्मी, सन्तोष पटेल,लगायत रास्वपाका अगुवा नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो। स्थानीय स्तरमा पार्टीप्रति चासो राख्ने नेता तथा कार्यकर्ताहरूको उपस्थितिमा कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको उनले जानकारी दिए।
‘हामी आउँदै छौँ’ कार्यक्रममार्फत रास्वपाले स्थानीय स्तरमा आफ्नो संगठनलाई थप सक्रिय बनाउने, नेता तथा कार्यकर्ताबीच आपसी समन्वय मजबुत पार्ने र सर्वसाधारणसँग प्रत्यक्ष संवाद तथा सम्पर्क विस्तार गर्ने उद्देश्य लिएको देखिन्छ।
पटेर्वा सुगौली गाउँपालिका–४, लंगडीमा सम्पन्न यस कार्यक्रमले स्थानीय स्तरमा पार्टीका गतिविधिलाई अगाडि बढाउन तथा संगठनलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। कार्यक्रममा सहभागी नेता तथा कार्यकर्ताहरूले आगामी दिनमा पनि पार्टीका गतिविधिलाई गाउँपालिकाका विभिन्न वडासम्म विस्तार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन्।
रास्वपाका स्थानीय नेता तथा कार्यकर्ताहरूको सहभागितामा सम्पन्न कार्यक्रमले धोबीनी गाउँपालिकामा पार्टीको सांगठनिक गतिविधिलाई थप गति दिने विश्वास लिइएको छ
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

