काठमाडौं ,२४ असाेज। आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष अर्थात् सोह्रश्राद्ध आज दिवंगत पितृका नाममा तर्पण, सिदादान तथा पिण्डदान गरी समापन गरिँदैछ।
पितृ पक्षको अन्तिम दिन आज औँसी अर्थात् आश्विन कृष्ण अमावस्याका दिन श्राद्ध गर्ने धार्मिक परम्परा छ। पितृ पक्षका १५ तिथि र आश्विन शुक्ल प्रतिपदाको एक तिथि गरी १६ तिथिमा दिवंगत पितृका नाममा श्राद्ध गरिने भएकाले यसलाई सोह्रश्राद्ध भनिन्छ।
शास्त्रीय मान्यताअनुसार पितृ पक्षका अन्य तिथिमा कुनै कारणले श्राद्ध गर्न नसकिएको भए आज औँसीका दिन श्राद्ध गर्न सकिने विश्वास छ।
यसैगरी, आश्विन शुक्ल प्रतिपदाका दिन मातामह (आमाका बुबा)को श्राद्ध गर्ने परम्परा रहेकाले सो श्राद्ध भने भोलि आइतबार गरिनेछ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

