Rashtriya Dainik

रास्वपाका नेताहरूद्वारा नन्दन तालको अनुगमन

राष्ट्रिय दैनिक / नवलपरासी , २४ असार

पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकास्थित नन्दन तालको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य आकांक्षा पोखरेल र माननीय मोहनलाल आचार्यसहितका नेताहरूले स्थलगत अनुगमन गरेका छन्।

अनुगमन टोलीमा रास्वपा लुम्बिनी प्रदेशका सहमहामन्त्री विक्रम पौडेल, जिल्ला सभापति रवि पाण्डेय, पालिका अध्यक्ष गुड्डु गुप्ता तथा पाल्हीनन्दन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द केसीलगायतको सहभागिता रहेको थियो।

अनुगमनका क्रममा टोलीले नन्दन तालको वर्तमान अवस्था, संरक्षण, व्यवस्थापन तथा सम्भावित विकासका विषयमा स्थलगत जानकारी लिएको थियो। तालको संरक्षण र व्यवस्थित विकासमार्फत यसको प्राकृतिक तथा पर्यटकीय सम्भावनालाई उपयोग गर्न सकिने विषयमा समेत अनुगमन केन्द्रित रहेको जनाइएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित