Rashtriya Dainik

पाल्हीनन्दनमा रास्वपाको ‘हामी आउँदै छौँ’ कार्यक्रम सम्पन्न, स्थानीय मुद्दामा बृहत् छलफल

बिनोद निगम / नवलपरासी ,२४ असाेज

पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यक्रम ‘हामी आउँदै छौँ’ अन्तर्गत बृहत् छलफल, संवाद तथा सुझाव सङ्कलन कार्यक्रम सम्पन्न भएको छ।

रास्वपाका केन्द्रीय प्रतिनिधिद्वय माननीय मोहनलाल आचार्य र आकांक्षा पोखरेलको विशेष उपस्थितिमा सम्पन्न कार्यक्रममा पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो। कार्यक्रममा स्थानीयस्तरमा पार्टीको संगठनात्मक अवस्था, भावी कार्यदिशा तथा नागरिकका समस्या, आवश्यकता र अपेक्षाबारे छलफल तथा सुझाव सङ्कलन गरिएको थियो।

पार्टीको केन्द्रीय कार्यक्रमअन्तर्गत आयोजित उक्त छलफलले स्थानीय तहमा संगठनलाई थप सुदृढ बनाउने, नेता तथा कार्यकर्ताबीच समन्वय बढाउने र जनताका सवाललाई प्राथमिकताका साथ उठाउने विषयमा संवाद गर्ने अवसर प्रदान गरेको छ।

कार्यक्रममा लुम्बिनी प्रदेश सहमहामन्त्री विक्रम पौडेल, जिल्ला सभापति रवि पाण्डेय, प्रदेश सदस्य युवराज ढकाल, जिल्ला उपसभापति, जिल्ला सहसचिव राकेश गुप्ता तथा पालिका सभापति गुड्डु गुप्तालगायत पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

‘हामी आउँदै छौँ’ कार्यक्रममार्फत रास्वपाले स्थानीयस्तरमा छलफल तथा संवादलाई अघि बढाउँदै पार्टीका गतिविधि विस्तार गर्ने र नागरिकका सुझाव तथा अपेक्षालाई सङ्कलन गर्ने उद्देश्य राखेको छ। पाल्हीनन्दनमा सम्पन्न यस कार्यक्रमले स्थानीय नेता तथा कार्यकर्तालाई एकै ठाउँमा जुटाएर पार्टीको आगामी गतिविधि र जनतासँगको सम्बन्धबारे विचार आदानप्रदान गर्ने अवसर प्रदान गरेको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित