Rashtriya Dainik

नवलपरासीमा भन्सार छलीका ४ लाख ७६ हजार रुपैयाँ भन्दा बढीका सामान बरामद

संजय कुशवाहा / नवपरासी ,असोज २३

पश्चिम नवलपरासीमा प्रहरीले भन्सार छली गरी अवैध रूपमा भित्र्याइएका करिब ४ लाख ७६ हजार ६ सय बराबरका विभिन्न सामान बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी तथा मातहतका प्रहरी इकाइबाट खटिएका प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा भन्सार छली गरी चोरी निकासी तथा पैठारी गरेर ल्याइएका सामान नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार बरामद गरिएका सामानमा विभिन्न किसिमका दाल ९० किलो , गुड १५ किलो , ८८ प्याकेट पटका, बोइलर कुखुरा, ११ कार्टुन बिस्कुट, ६ कार्टुन टमाटर, विभिन्न किसिमका लत्ता कपडा तथा चप्पल र जुत्ता बरामद भएको छ ।

नियन्त्रणमा लिइएका सामान आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन थापाले जानकारी दिनुभयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित