राजन कुमार बानिया
पर्सा २२ असोज
पर्साको पकाहा मैनपुर गाउँपालिकाको १५औँ गाउँसभा तथा आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम सम्पन्न भएको छ।
गाउँपालिका अध्यक्ष सुरेश मेहताको अध्यक्षतामा सम्पन्न गाउँसभाले आगामी आर्थिक वर्षका लागि ३६ करोड ३० लाख २७ हजार रुपैयाँको अनुमानित बजेट सर्वसम्मत रूपमा पारित गरेको छ।
गाउँपालिका उपाध्यक्ष सर्फुनेशा खातुनको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृत सुमित कुमार सिंहले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका थिए। प्रस्तुत बजेटमध्ये चालूतर्फ २४ करोड ३५ लाख ८२ हजार रुपैयाँ र पुँजीगततर्फ ११ करोड ९४ लाख ४५ हजार रुपैयाँ विनियोजन गरिएको छ।
गाउँसभाबाट गाउँपालिकाका पाँचवटै वडाका लागि प्रस्तावित बजेटसमेत पारित गरी प्रस्तुत गरिएको छ।
गाउँपालिका अध्यक्ष सुरेश मेहताले गाउँपालिकाको आगामी नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, युवा रोजगारी तथा भौतिक पूर्वाधारलाई मुख्य प्राथमिकतामा राखिएको बताए। उनले गाउँपालिकाको समग्र विकास र नागरिकको सेवा सुविधालाई प्रभावकारी बनाउने गरी बजेट तथा कार्यक्रम कार्यान्वयन गरिने बताए।
गाउँसभामा उपाध्यक्ष सर्फुनेशा खातुन, प्रमुख प्रशासकीय अधिकृत सुमित कुमार सिंह, पूर्व गाविस अध्यक्ष नसुरलाह मियाँ, वडाध्यक्षहरू बलिराम चौरसिया, ढेरी प्रसाद यादव, संजय चौहान, मुकुट चौहान, विनोद मेहतालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
त्यसैगरी कार्यपालिका सदस्य नेकमहम्द मियाँ, रामबहादुर सोनारलगायतको समेत सहभागिता रहेको थियो। गाउँसभामा कार्यपालिका सदस्य, महिला तथा पुरुष सदस्य, गाउँपालिका कर्मचारी, स्वास्थ्यकर्मी, शिक्षक, पत्रकार, सुरक्षाकर्मी तथा बुद्धिजीवीहरूको सहभागिता रहेको थियो।
कार्यक्रमको सञ्चालन गाउँपालिकाका शिक्षा प्रमुख दामोदर दुबेदीले गरेका थिए
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

