राष्ट्रिय दैनिक /नवलपरासी ,२३ असाेज
संघीय सरकारको देशव्यापी सरसफाइ अभियानअन्तर्गत पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा सरसफाइ कार्यक्रम गरिएको छ।
सरसफाइ अभियानअन्तर्गत २२ देखि २८ गतेसम्म सञ्चालन हुने कार्यक्रमलाई निरन्तरता दिँदै गाउँपालिका परिसरमा सरसफाइ गरिएको हो।

कार्यक्रममा सरावल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीसाद गौतम, योजना शाखा प्रमुख ईश्वरी खनाल, लेखा अधिकृत नारायण पाण्डेय, स्वास्थ्य शाखाकी मनिषा अग्रहरी, प्रशासन शाखा प्रमुख राजन बस्याल ,विपद् व्यवस्थापन फोकल पर्सन अब्दुल रज्जाक लगायत गाउँपालिकाका कर्मचारीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

सरसफाइ कार्यक्रममा गाउँपालिका परिसरमा रहेका फोहोर व्यवस्थापन तथा कार्यालय आसपासको वातावरण सफा राख्ने कार्य गरिएको थियो।

सरावल गाउँपालिकाका सरसफाइ फोकल पर्सन ईश्वरी खनालका अनुसार अभियानलाई प्रभावकारी बनाउन पालिकाले नियमित सरसफाइ तथा स्वच्छता प्रवर्द्धनका कार्यक्रमलाई निरन्तरता दिनेछ।


राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

