Rashtriya Dainik

‘हामी आउँदैछौँ’ अभियान लिएर सातै पालिकामा पुग्दै रास्वपा नवलपरासी

राष्ट्रिय दैनिक /नवलपरासी ,२२ असाेज।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पश्चिम नवलपरासीले जिल्लाका सातै पालिकामा ‘हामी आउँदैछौँ’ अभियान सञ्चालन गर्ने भएको छ। अभियानलाई प्रभावकारी बनाउनेलगायतका विषयमा छलफल गर्न रास्वपा पश्चिम नवलपरासीको जिल्ला बैठक बसेको छ।

जिल्ला सभापति रवि पाण्डेयका अनुसार अभियानअन्तर्गत जनतासँग प्रत्यक्ष संवाद गर्दै उनीहरूका समस्या, अपेक्षा र सुझाव सुन्ने तथा संगठनलाई स्थानीय तहसम्म थप मजबुत बनाउने उद्देश्य राखिएको छ।

अभियानअन्तर्गत पहिलो चरणमा शुक्रबार सरावल र पाल्हीनन्दन गाउँपालिकामा कार्यक्रम हुँदैछ। सरावल गाउँपालिकामा बिहान १० बजे मनरी–२ स्थित थारु रिसोर्टको हलमा कार्यक्रम आयोजना गरिएको छ भने पाल्हीनन्दन गाउँपालिकामा दिउँसो १ बजे बेलासपुरस्थित पाल्हीनन्दन सभाहलमा कार्यक्रम हुने रास्वपाले जनाएको छ।

अभियानमा आकांक्षा पोखरेल, जमुना शर्मा र मोहनलाल आचार्य सहभागी हुनेछन्।

रास्वपाले ‘जनताको साथ, परिवर्तनको लागि’ भन्ने नारासहित सञ्चालन गर्न लागेको अभियानमा जिल्लाका अन्य पालिकामा पनि क्रमशः कार्यक्रम गरिनेछ।

जिल्ला सभापति पाण्डेयले अभियानमार्फत पार्टीका गतिविधिभन्दा पनि जनताका वास्तविक सवाललाई प्राथमिकतामा राखेर स्थानीयस्तरमा संवाद र सहकार्य अघि बढाउने बताए। बैठकमा अभियानसँगै जिल्लाको संगठन, आगामी राजनीतिक रणनीति तथा अन्य समसामयिक विषयमा समेत छलफल भएको जनाइएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित