राष्ट्रिय दैनिक / नवलपरासी ,८ कार्तिक पश्चिम नवलपरासीमा शनिबार मात्रै १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रामग्राम र बर्दघाट नगरपालिकामा ६–६ जना र सुनवल नगरपालिकामा ३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । आज थपिएकासँगै पश्चिम नवलपरासीमा संक्रमितको संङ्ख्या ९ सय ४५ पुगेको छ । लम्बिनी प्रादेशिक अस्पतालको ल्यावमा गरिएको पिसीआर परिक्षणमा रामग्राम नगरपालिका वडा नम्बर ५ का ५० वर्षका पुरुष, वडा नम्बर ६ का १५ र २९ वर्षीका दुई जना महिला, वडा नम्बर १० का ३० वर्षीय पुरुष, वडा नम्बर १७ का २७ वर्षीय महिला र वडा नम्बर १८ का २४ वर्षीय पुरुषमा कोरोना देखिएको छ । यस्तै बर्दघाट नगरपालिका वडा नम्बर ४ का ९ वर्षीय बालक, ६७ वर्षीय वृद्ध, ८ वर्षीया बालिका, ३७ वर्षीय महिला, वडा नम्बर २ का ७५ वर्षीय वृद्ध र वडा नम्बर १३ का ३० वर्षीय पुरुषमा संक्रमण भएको छ । सुनवलमा नगरपालिका वडा नम्बर ८ की ७६ वर्षीय वृद्धा, वडा नम्बर १० का ४४ वर्षीय पुरुष र वडा नम्बर १२ की ३४ वर्षीय महिलामा पनि कोरोन पुष्टि भएको छ । जिल्लाबाट पठाएका मध्ये अझै ८५ जनाको पिसीआर रिपोट आउन बाँकि रहेको छ । अहिले पश्चिम नवलपरासीमा ३ सय ३८ जना संक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । हालसम्म जिल्लामा ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।