Rashtriya Dainik

गजेन्द्र मोक्ष विराट महायज्ञको तयारी तीव्र, नवलपरासीमा सहयोग समिति गठनले लियो गति

आरपि उपाध्याय /त्रिवेणी ,२२ असाेज

पुर्वी नवलपरासी विनयी त्रिवेणी ६ गजेन्द्र मोक्ष धाममा गजेन्द्र मोक्ष वैभव विराट महायज्ञलाई भव्य रुपले सम्पन्न गर्न पालिका अन्तर्गत सहयोग समिति गठन हुने कार्यले गति लिएको छ।

सुस्ता गाउँपालिका वडा न.२ महलबारी स्थित श्री दुर्गा मन्दिर परिसरमा आयोजित भेलाले विराट महायज्ञ सहयोग समितिमा स्थानीय समाजसेवी शिव प्रसाद गैरेको संयोजकत्वमा ३० सदस्यीय सहयोग समिति गठन भएको छ।

समितिको सहसंयोजकमा बिना पाण्डे र गिता पाण्डे चयन हुनुभएको हो। समितिको सदस्यहरुमा तिलु अधिकारी, तुलसा भट्टराई,चेत नारायण न्यौपाने, पम्फा अर्याल,ईश्वर उपाध्याय लगायत रहनुभएको छ।

परम श्रद्धेय मुक्तिनाथ पिठाधिस स्वामी कमल नयनाचार्यको पावन संकल्पमा आउँदो मङ्सिर १ गतेदेखि मङ्सिर २९ गतेसम्म सञ्चालन हुने महायज्ञमा नेपाल भारतका गरी कुल १५ लाख श्रद्धालु भक्तजनहरुको उपस्थिति हुने आयोजकले अपेक्षा लिएको छ।

मुक्तिनाथ वेद विद्याश्रमलाई विशिष्टतम महाविद्यालयमा अभिवृद्धि गर्दै गजेन्द्र मोक्ष विश्वविद्यालय स्थापना गर्ने मुल उद्देश्यका साथ महायज्ञको थालनी गरिएको करपात्री स्वामी कृष्ण प्रपन्नाचार्यले जानकारी दिनुभयो।

त्यसैगरी विराट महायज्ञ सञ्चालन गर्न विनयी त्रिवेणी ७ रानीनगरमा पनि मातृ शक्तिहरुको भेलाले अञ्जु शाहको संयोजकत्वमा २० सदस्यीय महायज्ञ सहयोग समिति गठन भएको छ। जसको सहसंयोजकत्वमा शारदा गुरुङ,सचिवमा रेनु खड्का चयन हुनुभएको छ भने सदस्यहरूमा रुकमिणी गुप्ता,भूमिदेवी, सुमन ठाकुर,अनिता देवी सराफ,सावित्री गौतम लगायत चयन हुनुभएको जानकारीमा आएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित