Rashtriya Dainik

एमाले महासचिव पोखरेल बुधबार पर्सा आउँदै, माणिकपुरमा शुभकामना आदान–प्रदान कार्यक्रम

राजन कुमार बानियाँ/पर्सा, २० असोज ।

नेकपा (एमाले) का महासचिव शंकर पोखरेल बुधबार पर्सा आउने भएका छन्। विजया दशमीको अवसरमा नेकपा (एमाले) क्षेत्रीय समन्वय कमिटी, क्षेत्र नं. ३ पर्साको आयोजनामा हुने शुभकामना आदान–प्रदान कार्यक्रममा पोखरेल प्रमुख अतिथिका रूपमा सहभागी हुने एमाले नेता रुपेश पाण्डेयले जानकारी दिए।

पाण्डेयका अनुसार महासचिव पोखरेलले असोज २८ गते बुधबार दिउँसो १२ः१५ बजे पकाहा मैनपुर गाउँपालिका–२, माणिकपुरमा आयोजित कार्यक्रममा पार्टीका नेता–कार्यकर्ता तथा स्थानीय समुदायलाई सम्बोधन गर्नेछन्।

कार्यक्रममा पोखरेलले एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अन्तर्गत जिल्लाका अगुवा कार्यकर्ताको भेलालाई समेत सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ। भेलामा पार्टीका पछिल्ला निर्णयको कार्यान्वयन, संगठन सुदृढीकरण तथा आगामी स्थानीय तहको निर्वाचनको तयारीलगायत विषयमा छलफल हुने एमाले नेताहरूले बताएका छन्।

एमाले पर्साका जिल्ला अध्यक्ष डा. विशम्भर कुमार शर्माका अनुसार पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै आवश्यक तयारी अघि बढाइसकेको छ।

क्षेत्रीय समन्वय कमिटी क्षेत्र नं. ३ पर्साले आयोजना गरेको कार्यक्रममा एमालेका विभिन्न तहका नेता, कार्यकर्ता, शुभेच्छुक तथा आम समुदायलाई सहभागी हुन आग्रह गरिएको नेता पाण्डेयले बताए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित