काठमाडौं,२० असाेज ।
गृहमन्त्री सुधन गुरुङले राज्यका गोप्य तथा संवेदनशील सूचना अनधिकृत रूपमा चुहाउने जोसुकैलाई कानुनी कारबाही गरिने बताएका छन्।
मंगलबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै गृहमन्त्री गुरुङले राज्यले सुम्पिएको गोपनीयतामाथि जानाजान विश्वासघात गर्ने व्यक्तिले कुनै उन्मुक्ति नपाउने बताएका हुन्।
उनले गृह मन्त्रालय तथा मातहतका निकायमा जिम्मेवारीमा रहेका पदाधिकारी र कर्मचारीले पदीय हैसियतको दुरुपयोग गरी गोप्य सूचना अनधिकृत व्यक्ति वा निकायलाई उपलब्ध गराउने प्रवृत्ति स्वीकार्य नहुने स्पष्ट पारे।
‘राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति होइन, सार्वजनिक जिम्मेवारी हो। पदले सूचनामा पहुँच दिन्छ, तर दुरुपयोग गर्ने अधिकार दिँदैन,’ उनले भनेका छन्।
गृहमन्त्री गुरुङले संवेदनशील सूचना, सुराक तथा गुप्त जानकारी अपराध रोकथाम, अनुसन्धान र भविष्यमा गम्भीर घटनाको सत्यतथ्य स्थापित गर्न महत्वपूर्ण हुने उल्लेख गर्दै यसको संरक्षणमा जिम्मेवार बन्न सम्बन्धित पदाधिकारी तथा कर्मचारीलाई सचेत गराएका छन्।
यसअघि सरकारले संवेदनशील सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाललाई पदबाट निलम्बन गरेको थियो। गृह मन्त्रालयले दाहालमाथि पदीय आचरणविपरीत कार्य गरेको र संवेदनशील सूचना चुहाएको आरोप लगाएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

