पर्सा, २० असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेश सिंह पहिलोपटक पर्साको धोबिनी गाउँपालिका पुगेका छन्।
सिंह धोबिनी गाउँपालिका–४ लङ्गडी चौकमा पुगेका अवसरमा रास्वपा धोबिनी गाउँपालिका सभापति सुदिल पटेलसहित स्थानीय नेता तथा कार्यकर्ताले स्वागत गरेका छन्।
स्वागत कार्यक्रममा सभापति पटेलले सांसद सिंहलाई स्वागत गर्दै धोबिनीमा रास्वपाको संगठन तथा राजनीतिक गतिविधिलाई थप सक्रिय बनाउने बताए।
सो क्रममा स्थानीय समस्या, जनताको अपेक्षा तथा आगामी राजनीतिक गतिविधिका विषयमा छलफलसमेत भएको बताइएको छ।
सभापति पटेलले स्थानीय जनताको आवाजलाई प्राथमिकतामा राख्दै संगठन विस्तार र जनसम्पर्कलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे।
सांसद सिंहको पहिलो धोबिनी आगमनलाई स्थानीय रास्वपा नेता–कार्यकर्ताले संगठन विस्तार र स्थानीय राजनीतिक गतिविधिका दृष्टिले महत्वपूर्ण भेटघाटका रूपमा लिएका छन्।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

