Rashtriya Dainik

पाल्हीनन्दन–४ मा समाजवादी युवा संघको २१ सदस्यीय समिति गठन

राष्ट्रिय दैनिक /नवलपरासी ,१७ असाेज

जनता समाजवादी पार्टी नेपाल निकट भातृ संगठन समाजवादी युवा संघ नेपालको पाल्हीनन्दन गाउँपालिका–४ मा २१ सदस्यीय वडा युवा समिति गठन गरिएको छ।

समाजवादी युवा संघ नेपाल नवलपरासीका अध्यक्ष सुनिल पटवाको अध्यक्षता तथा समाजवादी युवा संघ नेपालका केन्द्रीय सचिव राजु यादवको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सह आलम अन्सारीको अध्यक्षतामा वडा नं. ४ को २१ सदस्यीय युवा समिति गठन गरिएको हो। समितिको उपाध्यक्षमा धीरज यादव चयन भएका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि राजु यादवले युवाहरूलाई संगठित र सक्रिय बनाउँदै संगठनलाई वडा तहसम्म बलियो बनाउनुपर्नेमा जोड दिए। उनले युवाको सहभागिता र नेतृत्व विकासमार्फत समाज तथा समुदायका सवालमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे।

कार्यक्रममा जसपा नेपालका जिल्ला सहसचिव महेन्द्र यादव, पाल्हीनन्दन गाउँपालिका अध्यक्ष व्यासमुनि यादव (पप्पु), जिल्ला सदस्य राममिलन हरिजन लगायतले मन्तव्य राख्दै नवगठित समितिलाई सफल कार्यकालको शुभकामना दिएका थिए।

नवगठित समितिले पाल्हीनन्दन–४ मा युवालाई संगठित गर्दै समाजवादी युवा संघको संगठन विस्तार र सामाजिक गतिविधिलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित