Rashtriya Dainik

नवलपरासी–२(ख) मा कँडेल पक्षको ‘क्लिन स्वीप’, पाठक–थापा पक्षलाई धक्का : सभापतिमा गजानन्द

राष्ट्रिय दैनिक / नवलपरासी ,१६ असाेज

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पश्चिम नवलपरासी प्रतिनिधिसभा क्षेत्र नं. २(ख) को प्रदेशसभा क्षेत्रीय अधिवेशनमा केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल पक्षका उम्मेदवारहरू विजयी भएका छन्।

सभापतिमा गजानन्द पटेल २३६ मत प्राप्त गरी निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी जितेन्द्र अग्रहरीले १८८ मत पाए।

उपसभापतिमा विनोदलाल गुप्ता २७४ मत, सचिवमा केदारनाथ यादव २३३ मत, खुला सहसचिवमा अवधेशकुमार यादव २२६ मत र महिला सहसचिवमा राधिका कुमारी मौर्य २४१ मत प्राप्त गरी विजयी भएका छन्।

यससँगै क्षेत्र नं. २(ख) मा कँडेल पक्षले प्रमुख पदहरूमा आफ्नो प्यानल स्थापित गरेको छ। प्रतिस्पर्धामा रहेका केन्द्रीय सदस्य राधेश्याम पाठक तथा भीमबहादुर थापा (भरत) पक्षका उम्मेदवारहरू भने पराजित भएका छन्।

क्षेत्रीय अधिवेशनको यो परिणामले नवलपरासी–२ मा कांग्रेसभित्रको समूहगत प्रतिस्पर्धालाई थप चर्चामा ल्याएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित