Rashtriya Dainik

सुस्तामा विषादी परीक्षण अभियान तीव्र, हाटबजारदेखि केराखेतीसम्म नमुना संकलन

आरपी उपध्याय / नवलपरासी

पश्चिम नवलपरासीको सुस्तामा कृषि उपजमा विषादी अवशेष परिक्षणको लागि नमुना संकलन कार्य शुक्रबार गरिएको छ।
सुस्ता २ कुडियामा लाग्ने साप्ताहिक हाटबजारमा तरकारी विक्रेताहरुको पसलबाट तरकारी नमुना संकलन गरी विषादीको अवशेष परिक्षणको निमित्त विषादी अवशेष परिक्षण प्रयोगशाला इकाई रुपन्देही,बुटवल पठाइएको नायब प्राविधिक सहायक राजिव भण्डारीले जानकारी दिनुभएको छ।
सुस्ता गाउँपालिकामा लाग्ने साप्ताहिक हाटबजारमा बिक्रीका लागि ल्याइने तरकारीमा अत्यधिक विषादी प्रयोग भएको जनगुनासो चुलिएपछी तरकारीमा प्रयोग हुने विषादीको परिक्षणको लागि प्राविधिक टोलीले बजार अनुगमन गर्दै १२ किसिमको तरकारी नमुना संकलन गरी पठाइएको हो।
कुडिया बजारमा तरकारी विक्रेता संग विषादी प्रयोगको नमुना संकलन कार्य सुस्ता गाउँपालिका उपाध्यक्ष गितादेवी चौधरीको संयोजकत्वमा बसेको बैठकमा प्रमुख प्रशासकीय अधिकृत अर्जुन प्रसाद रेग्मी,सहायक कृषि अधिकृत चन्द्रकान्त भुज,वरिष्ठ लेखा अधिकृत राजु सुवेदी,कृषि प्राविधिक सनत कुमार गिरी,सहायक कृषि प्राविधिक सहितको टोलीले कुडिया बजारमा तरकारी तथा फलफूलको पसलबाट नमुना संकलन गरी बजार अनुगमन गरेको थियो।
आर.बि.आर.के. विधिमार्फत विषादी परिक्षण नमुना संकलन कार्य गरेको पनि बताइएको छ।
नमुना संकलनका लागि तरकारी पसलबाट लगिएको तरकारीहरुलाई प्रयोगशालाबाट नमुना परिक्षण गरी फर्काइएको तरकारीलाई विधि,प्रक्रिया अनुसार नष्ट गरिएको पनि जानकारीमा आएको छ।
त्यसैगरी अनुगमन टोली सुस्ता वडा न.३ को केरा खेती हुने स्थलमै पुगि केरामा प्रयोग हुने विषादीको पनि नमुना संकलन गरेको थियो।
सुस्ताको विभिन्न वडामा लाग्ने बजारहरुमा बिक्री हुने तरकारीमा अत्यधिक विषादीको प्रयोग भएको सुचना सार्वजनिक भएपछि अनुगमन समिति,स्थानीय प्रहरी र सञ्चारकर्मीको संयुक्त उपस्थितिमा अनुगमन सहित विषादीको अवशेष परिक्षणको नमुना संकलन कार्यलाई अभियानकै रुपमा अगाडि बढाइएको पनि सुस्ता गाउँपालिका कृषि विकास शाखाले जानकारी दिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित