राष्ट्रिय दैनिक /नवलपरासी , १६ असोज ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) तथा मातहतका प्रहरी इकाइबाट खटिएको टोलीले जिल्लाका विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा भन्सार छली गरी ल्याइएका करिब दुई लाख रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको छ।
प्रहरीका अनुसार विभिन्न मितिमा गरिएको चेकजाँचका क्रममा रु. २ लाख ६३० बराबरका कपडा, किराना तथा विद्युतीय सामग्री, मोबाइल कभर र कुखुराका चल्लासहितका सामान नियन्त्रणमा लिइएको हो।
प्रहरीले बरामद गरेका सामानमा सर्टको कपडा ८ पिस, साडी २२ पिस, हाफ टी–सर्ट ८ पिस, ठूलो साडी ३ पिस र चिनी ५० केजी रहेका छन्। यी सामानको अन्दाजी मूल्य रु. ४० हजार रहेको प्रहरीले जनाएको छ।
त्यस्तै, जेन्स कट्टु १४२ पिस, एलईडी बल्ब ३० पिस, ताल्चा २४ पिस तथा बरसल बोल्ट १२ सेट गरी रु. ४० हजार ७० बराबरका सामान पनि बरामद गरिएको छ।
यसैगरी मोबाइल कभर २१० पिस तथा विभिन्न किराना सामान गरी रु. ६४ हजार ५६० बराबरको सामान र १४ कार्टुनमा रहेका करिब १ हजार १२० वटा कुखुराका चल्ला समेत प्रहरीले नियन्त्रणमा लिएको छ। चल्लाको अन्दाजी मूल्य रु. ५६ हजार रहेको छ।
प्रहरीले नियन्त्रणमा लिएका सबै सामान आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) का प्रहरी नायव उपरीक्षक मदन थापाद्वारा जारी प्रेस विज्ञप्तिमा भन्सार छली तथा चोरी–निकासी/पैठारी नियन्त्रणका लागि जिल्लाका विभिन्न स्थानमा चेकजाँचलाई निरन्तरता दिइएको उल्लेख छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

