राष्ट्रिय दैनिक / नवलपरासी ,१६ असाेज
पश्चिम नवलपरासीको सरावल गाउँपालिकाको आयोजनामा सहकारीका कर्मचारी तथा पदाधिकारीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले क्षमता विकास तालिम सम्पन्न भएको छ।
सरावल गाउँपालिका–३ मा अवस्थित सरावल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक समिति, कर्मचारी तथा शेयर सदस्यहरूलाई लक्षित गरी आयोजित तालिममा सहकारीको व्यवस्थापन, संस्थागत विकास, वित्तीय अनुशासन, सेवा प्रवाह तथा सहकारी सञ्चालनसम्बन्धी विषयमा प्रशिक्षण दिइएको थियो।
तालिमको सहजीकरण सरावल गाउँपालिका लघुउद्यम शाखा प्रमुख राजन बस्यालले गर्नुभएको थियो। तालिममा सहकारीका सञ्चालक समिति, कर्मचारी तथा शेयर सदस्य गरी करिब ५० जनाको सहभागिता रहेको थियो।
कार्यक्रममा बोल्दै सहकारीका अध्यक्ष उमेश बि.क ले सहकारीलाई प्रभावकारी, पारदर्शी र सदस्यकेन्द्रित बनाउन सञ्चालक, कर्मचारी तथा शेयर सदस्यहरूको क्षमता विकास आवश्यक रहेको बताउनुभयो। उहाँले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा लागू गर्दै सहकारीको संस्थागत विकास र सदस्यहरूको हितमा काम गर्नुपर्नेमा जोड दिनुभयो।
अध्यक्ष बि.क ले सहकारीप्रति सदस्यहरूको विश्वास कायम राख्न पारदर्शिता, सुशासन र वित्तीय अनुशासनलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।

तालिमका सहभागीहरूले क्षमता विकाससम्बन्धी यस्ता कार्यक्रमले सहकारी सञ्चालनका क्रममा देखिने व्यावहारिक समस्या समाधान गर्न तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने बताएका थिए।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

