Rashtriya Dainik

स्वास्थ्य क्षेत्रमा निरन्तर कलम चलाउँदै आएकि पत्रकार जोशी सम्मानित

१६ असोज, बझाङ ।

स्वास्थ्य क्षेत्रमा निरन्तर कलम चलाउँदै आउनुभएकी साइपाल एफ.एम.की समाचार प्रमुख एवं नेपाल पत्रकार महासंघ बझाङकी जिल्ला उपाध्यक्ष तरुणा जोशी सम्मानित हुनुभएको छ।
स्वास्थ्य कार्यालय बझाङद्वारा आयोजित आर्थिक वर्ष २०८२÷०८३ को दुई दिने जिल्ला स्तरीय वार्षिक समीक्षा कार्यक्रममा उहाँलाई स्वास्थ्य पत्रकारिता मार्फत समाजमा पु¥याएको योगदानको उच्च कदर गर्दै दोसल्ला र सम्मान पत्रसहित विशेष सम्मान गरिएको हो।
सम्मान पछि पत्रकार जोशीले भनिन “स्वास्थ्य जस्तो संवेदनशील र आम नागरिकको जीवनसँग जोडिएको क्षेत्रमा लामो समयदेखि मैले गर्दै आएको सानो प्रयासलाई स्वास्थ्य कार्यालयले मूल्याङ्कन गरेर मलाई योग्य ठानेकोमा हार्दिक आभार व्यक्त गर्दछु।
यो केवल मेरो सम्मान होइन, बझाङमा क्रियाशील सम्पूर्ण श्रमजीवी पत्रकारहरूको मिहिनेतको पहिचान हो। यो दोसल्ला र सम्मान पत्रले मलाई स्वास्थ्य पत्रकारितामा अझै दृढ भएर लाग्न ठुलो ऊर्जा र हौसला थपेको छ।“
स्वास्थ्य कार्यालय बझाङका प्रमुख लालबहादुर धामीको अध्यक्षता तथा जिल्ला समन्वय समितिका उप–प्रमुख कृष्णबहादुर विष्टको प्रमुख आतिथ्यतामा भएको सोही समारोहमा स्वास्थ्य सूचकहरूका आधारमा जिल्लाकै उत्कृष्ट घोषित जयपृथ्वी नगरपालिका, बित्थडचिर गाउँपालिका र मष्टा गाउँपालिकालाई पनि पुरस्कृत गरिएको थियो। सोही अवसरमा उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविका उर्मिला चित्रकारलाई पनि दोसल्ला ओढाई सम्मान पत्रसहित सम्मानित गरिएको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित