Rashtriya Dainik

समावेशी शिक्षा र सुरक्षित विद्यालयबारे वक्तृत्वकला प्रतियोगिता सम्पन्न

राजन कुमार बानिया /पर्सा, १६ असोज ।

SODCC पर्सा, People in Need, Accountability Lab Nepal र धोबीनी गाउँपालिकाको आयोजना तथा सहकार्यमा ‘समावेशी शिक्षा र सुरक्षित विद्यालय’ सम्बन्धी वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।

श्री अजिज मियाँ माध्यमिक विद्यालयमा आयोजित प्रतियोगितामा विद्यार्थीहरूले समावेशी शिक्षा, सुरक्षित विद्यालय, बालबालिकाको अधिकार तथा बालमैत्री शिक्षण वातावरणलगायतका विषयमा आफ्ना विचार प्रस्तुत गरेका थिए।

प्रतियोगितामा रामसरन पटेल प्रथम, अब्दुल अन्सारी द्वितीय र नौसाद आलम तृतीय भएका छन्।

कार्यक्रममा Accountability Lab Nepal का दिपेश पटेल, धोबीनी गाउँपालिकाका शिक्षा प्रमुख जितेन्द्र चौहान, SODCC पर्साका विशाल गुप्ता, विद्यालयका प्रधानाध्यापक जितेन्द्र रामलगायत शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो।

कार्यक्रमका सहभागीहरूले विद्यालयलाई सबै बालबालिकाका लागि सुरक्षित, समावेशी र बालमैत्री बनाउन विद्यालय, स्थानीय सरकार, शिक्षक, अभिभावक तथा समुदायबीच सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित