Rashtriya Dainik

नवलपरासी–२ (क) मा जयराम सभापति निर्वाचित, ओमप्रकाश र बाल्कृष्ण पनि विजयी

राष्ट्रिय दैनिक /नवलपरासी ,१६ असाेज

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) प्रतिनिधिसभा क्षेत्र नं. २ को प्रदेशसभा क्षेत्र नं. २ (क) को मतगणना सम्पन्न भएको छ। अन्तिम मतपरिणामअनुसार सभापति पदमा जयराम निर्वाचित भएका छन्।

सभापति पदमा जयरामले २६४ मत प्राप्त गर्दै विजयी हुँदा उनका प्रतिस्पर्धी प्रेमले २३३ मत प्राप्त गरे। जयरामले प्रेमलाई ३१ मतान्तरले पराजित गरेका हुन्।

त्यस्तै, सचिव पदमा ओमप्रकाश २८७ मत प्राप्त गरी निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी रामचन्द्रले १९३ मत प्राप्त गरे। ओमप्रकाशले ९४ मतको अन्तर कायम गरेका छन्।

सह–सचिव पदमा बाल्कृष्ण २८४ मत प्राप्त गर्दै विजयी भएका छन्। उनकी प्रतिस्पर्धी निशाले २०१ मत प्राप्त गरिन्। बाल्कृष्णको मतान्तर ८३ रहेको छ।

मतगणना सम्पन्न भएसँगै प्रदेशसभा क्षेत्र नं. २ (क) को नेतृत्व चयन प्रक्रिया टुंगिएको हो। अधिवेशनबाट सभापति, सचिव तथा सह–सचिव पदमा नयाँ नेतृत्व निर्वाचित भएको छ।

अन्तिम मतपरिणाम

सभापति

– जयराम — २६४ विजयी
– प्रेम — २३३

सचिव

– ओमप्रकाश — २८७ विजयी
– रामचन्द्र — १९३

सह–सचिव

– बाल्कृष्ण — २८४ विजयी
– निशा — २०१

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित