Rashtriya Dainik

घुससहित पक्राउ परेकी नगरपालिकाकी इञ्जिनियरसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं ,१६ असाेज। कागेश्वरी मनोहरा नगरपालिकाकी इञ्जिनियर दिपा कार्कीसहित तीन जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।

घुस–रिसवत लिएको आरोपमा इञ्जिनियर कार्कीसहित गोकर्णेश्वर नगरपालिका–८ की आस्मा कार्की र आशिष पौडेलविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो।

अख्तियारको टंगालबाट खटिएको टोलीले असोज १६ गते इञ्जिनियर दिपा कार्की र आस्मा कार्कीलाई ६४ हजार रुपैयाँ घुससहित नगरपालिकाको कार्यालयबाट नियन्त्रणमा लिएको थियो।

अनुसन्धानका क्रममा घर निर्माणसँग सम्बन्धित नगरपालिकाबाट हुने विभिन्न काममा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस रकम लिएको अख्तियारको दाबी छ। उक्त कार्यमा आशिष पौडेलसमेतको मिलेमतो रहेको अनुसन्धानबाट खुलेको अख्तियारले जनाएको छ।

अख्तियारले इञ्जिनियर दिपा कार्की र आस्मा कार्कीविरुद्ध २ लाख ८ हजार रुपैयाँ तथा आशिष पौडेलविरुद्ध १ लाख ४४ हजार रुपैयाँ बिगो कायम गरेको छ।

आयोगले उनीहरूबाट बिगो असुलउपरसँगै भ्रष्टाचार निवारण ऐनअनुसार कैद तथा जरिवाना सजायको मागदाबीसमेत गरेको जनाएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित