Rashtriya Dainik

नवलपरासीको प्रतापपुरमा उखुबारीमा शव भेटिएपछि प्रहरी अनुसन्धानमा

राष्ट्रिय दैनिक / नवलपरासी, १६ असोज

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–५, बेतहानी गाउँबाहिर रहेको उखुबारीमा एक पुरुषको शव फेला परेको छ।

उखुबारीमा शव देखेपछि स्थानीयवासीले प्रहरी चौकी बसैयाँलाई खबर गरेका थिए। सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेको थियो।

प्रहरीका अनुसार फेला परेको शवको हालसम्म पहिचान खुल्न सकेको छैन। घटनास्थलमा इलाका प्रहरी कार्यालय बेलटारीका प्रमुखसहितको प्रहरी टोलीसमेत पुगेको छ।

प्रहरीले घटनास्थलको मुचुल्का लगायत आवश्यक कानुनी प्रक्रिया अघि बढाउँदै घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ। शवको पहिचान तथा मृत्युको कारणबारे अनुसन्धानपछि थप विवरण खुल्ने प्रहरीले जनाएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित