Rashtriya Dainik

ज्येष्ठ नागरिक दिवसमा प्रहरी निरीक्षक भानुभक्त अर्यालले गरे ज्येष्ठ नागरिकको सम्मान

राजन कुमार बानिया
पर्सा १६ असोज
अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा इलाका प्रहरी कार्यालय पोखरियाले कार्यालयमा सेवा लिन आएका ज्येष्ठ नागरिकहरूलाई सम्मान गरेको छ।
ज्येष्ठ नागरिकप्रति सम्मान, सद्भाव र आत्मीयता अभिवृद्धि गर्ने उद्देश्यले कार्यालयमा सेवा लिन आएका ज्येष्ठ नागरिकहरूलाई सम्मान गरिएको हो। कार्यक्रममा ज्येष्ठ नागरिकहरूलाई फूलमाला तथा सम्मानसहित स्वागत गरिएको थियो।
कार्यक्रममा इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक भानुभक्त अर्यालले ज्येष्ठ नागरिक समाजका महत्वपूर्ण अभिभावक भएको उल्लेख गर्दै उनीहरूको सम्मान र सुरक्षामा सबै पक्ष जिम्मेवार हुनुपर्ने बताए।
प्रहरी निरीक्षक अर्यालले ज्येष्ठ नागरिकलाई प्रहरी सेवा लिन आउँदा सहज, सम्मानजनक र मैत्रीपूर्ण वातावरण उपलब्ध गराउन कार्यालय सदैव प्रतिबद्ध रहेको बताए।
अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसले ज्येष्ठ नागरिकको योगदान, अधिकार र सम्मानप्रति समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने भएकाले यस्ता कार्यक्रमले प्रहरी र नागरिकबीचको सम्बन्ध अझ सुदृढ बनाउन सहयोग पुग्ने बताइएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित