Rashtriya Dainik

नवलपरासी–२ मा कांग्रेसको नयाँ नेतृत्व : बैजनाथ सभापति, धनपत सचिव र उपेन्द्र सहसचिवमा विजयी

राष्ट्रिय दैनिक /नवलपरासी,१६ असाेज

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पश्चिम नवलपरासी प्रतिनिधिसभा क्षेत्र नं. २ को क्षेत्रीय अधिवेशनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। सभापति पदमा बैजनाथ कलवार (नाथु) विजयी भएका छन्।

मतगणनामा बैजनाथ कलवारले ५७२ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित भए। उनका प्रतिस्पर्धी यामप्रसाद भुषाल (दिपक) ले ३९५ मत प्राप्त गरे।

त्यस्तै सचिव पदमा धनपत यादव ५०२ मत प्राप्त गरी विजयी भएका छन्। उनका प्रतिस्पर्धी कुश्माखर चापागाईं (कुसुम) ले ४४० मत प्राप्त गरे।

सह–सचिव पदमा भने उपेन्द्र गुप्ता ४७२ मत प्राप्त गर्दै विजयी भए। उनका प्रतिस्पर्धी रमेश कर्माचार्यले ४६० मत प्राप्त गरे।
यससँगै क्षेत्र नं. २ को क्षेत्रीय अधिवेशनअन्तर्गत सभापति, सचिव र सह–सचिव पदको मतगणना सम्पन्न भएको छ। मतपरिणामसँगै नेपाली कांग्रेसको क्षेत्रीय नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित