Rashtriya Dainik

सरावलवासीलाई निःशुल्क रगत : गाउँपालिका र रेडक्रसबीच सम्झौता

राष्ट्रिय दैनिक /नवलपरासी ,१३ असाेज

पश्चिम नवलपरासीको सरावल गाउँपालिकावासीलाई आवश्यक परेको अवस्थामा निःशुल्क रगत उपलब्ध गराउने उद्देश्यले सरावल गाउँपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाबीच सम्झौता भएको छ।

सरावल गाउँपालिकाको कार्यालयमा भएको सम्झौतामा गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरी र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका अध्यक्ष राजेन्द्र अग्रहरीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो।

गाउँपालिकाले विगतदेखि नै सरावलवासीलाई निःशुल्क रगत उपलब्ध गराउने पुण्य कार्य गर्दै आएको र त्यसलाई थप व्यवस्थित तथा निरन्तरता दिन रेडक्रससँग सम्झौता गरिएको जनाएको छ।

अध्यक्ष चौधरीले नागरिकको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै रगतको अभावका कारण उपचारमा समस्या नहोस् भन्ने उद्देश्यले गाउँपालिकाले यो सेवा सञ्चालन गर्दै आएको बताउनुभयो।

सम्झौतापछि सरावल गाउँपालिकावासीले उपचारका क्रममा रगत आवश्यक परेमा नेपाल रेडक्रस सोसाइटीमार्फत निःशुल्क रगत प्राप्त गर्ने सुविधा पाउनेछन्।

गाउँपालिकाको यस पहलले विपन्न तथा आकस्मिक अवस्थामा उपचार गराउनुपर्ने नागरिकलाई आर्थिक राहत पुग्नुका साथै रक्तदान र मानवीय सेवाको भावनालाई समेत थप प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित